अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४
| Colorodo: 08:09
उत्तरी नाइजेरियामा भएका तीन आत्मघाती हमलामा परी कम्तीमा ३० जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार आइतबार राति उत्तरपूर्वी बोर्नो प्रदेशको राजधानी मैदुगुरीदेखि २५ किलोमिटर टाढाको कोन्डुगाको गाउँमा भएको बिस्फोटमा परी ती मानिसहरूको ज्यान गएको प्रदेश आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन्।
आत्मघाती हमलाकारीले फुटबल हेर्न भेला भएका मानिसहरूलाई लक्षित गरी विस्फोट गराएका थिए। विस्फोटमा परी कैयौं मानिस घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। बोर्नो प्रदेशमा इस्लामिक विद्रोही समूह बोको हरामले आमनागरिकलाई लक्षित गर्दै विस्फोट गर्दै आएको छ।