अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 08:20

भारतको तमिलनाडुमा खानेपानीको चरम संकट

बिआरटीनेपाल २०७६ असार २ गते ९:३१ मा प्रकाशित

भारतको दक्षिणी राज्य तमिलनाडुमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । सुख्खा मौसम र चर्को गर्मीका कारण पानीका स्रोत सुकेपछि चरम संकट भएको हो । तमिलनाडुमा लामो समयदेखि खडेरी परेको र मनसुनसमेत नभित्रिएपछि पानीको हाहाकार भएको हो । चेन्नइका कतिपय स्थानमा त पानीकै विषयलाई लिएर झडप पनि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चर्को गर्मीका बीच पानीका लागि मानिसहरुले सात–आठ किलोमिटर धाउनुपर्ने बाध्यता छ । पानीकै कारण चेन्नईका रेस्टुरेन्ट तथा सूचना प्रविधिसम्बन्धी कम्पनीका काम प्रभावित भएका छन् । चेन्नईका ६५ प्रतिशत रेस्टुरेन्ट पानीकै कारण प्रभावित भएका छन् । होटल सञ्चालकहरुको एसोसिएसनले पानी निकै महँगो भएकाले होटल व्यवसाय प्रभावित भएको बताएका छन् ।

पानीको संकट चेन्नईमा मात्रै नभई थन्जावुरमा पनि उस्तै छ । केही दिन अघि थन्जावुरमा सार्वजनिक ट्यांकीबाट सीमित मात्रै पानी लिन पाउने विषयलाई लिएर भएको झडपमा एक व्यक्तिको मृत्यु समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू