अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२
| Colorodo: 07:47
चिनियाँ राष्ट्रपति सि चिनफिङ ताजकिस्तान पुग्नु भएको छ । ‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उहाँ ताजकिस्तान जानुभएकोे अधिकारीहरूले जनाएका छन् ।
दुई देशको आपसी सम्वन्ध बलियो बनाउदै रणनीतिक साझेदारीको लागि विश्वासका साथ अगाडि बढ्ने राष्ट्रपति चिन फिङ्ले बताउनुभयो । मध्य एसियाका देशहरुका लागि चीन अहिले सवै भन्दा ठूलो लगानीकर्ता र मुख्य साझेदार हुदै गएको छ ।
चिन फिङले बेल्ट एण्ड रोड कोअपरेसनको मध्यमबाट रणनीतिक र दीर्घकालिन समृृद्धि हासिल गर्न सकिने सुझाव पनि दिनुभएको छ ।