अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 04:28

प्रदर्शनकारीले घेराबन्दी गरेपछि हङकङ्गका केही सरकारी कार्यालयहरु बन्द

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:३६ मा प्रकाशित

दशकयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भड्किएपछि हङकङ्ग केही सरकारी कार्यालयहरु बन्द गरिएको छ । हङकङ्गमा प्रस्तावित नयाँ सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको हो ।

आज विहानैदेखि प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् । कानुनको बिरोधमा हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो प्रहरीले प्रदर्शनकारीमाथि रवरका गोली र अश्रुग्यांस प्रहार गरेको थियो । प्रस्तावित विधेयकमाथि छलफल हुनु अघिको प्रदर्शन हिंसात्मक बनेको हो ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौँ मानिस सडकका उत्रिएका छन् । विधेयकले हङकङ्गका नागरिकलाई मुद्दाको पुर्पक्षको लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा हङकङ्गका व्यवसायीहरूले पनि विरोध गरेका छन् । विरोध हुँदाहुँदै पनि बेइजिङनिकट विधायन परिषद्ले विधेयक पारित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू