अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 04:02

चीनको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षा, १६ को मृत्यु

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:५६ मा प्रकाशित

चीनको दक्षिणपुर्वी क्षेत्रमा आएको भारी वर्षाका कारण कम्तमिा १६ जनाको मृत्यु भएको छ । बर्षाका कारण उक्त स्थानको जनजीवन प्रभावित बनेको छ । वर्षाबाट ३.६० लाख जनता प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बर्षाका कारण अहिलेसम्म १ हजार तीन सय ५० घर भत्किनुका साथै १ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । क्षेत्रीय अपतकालीन प्रबन्ध विभागका अनुसार बाढीका कारण चीनका ६ शहर धेरै प्रभावित बनेका छन्। सञ्चारमाध्यममा जनाईए अनुसार इनमेङ ९ जना र गुआङ्गडोङमा ७ जनाको मृत्यु भएको छ छ।

हुवान शहरको तीन तर्फको भाग बाढीको चपेटमा परेको बताइएको छ। त्यहाँका १ लाखभन्दा बढी मानिस घरबारविहीन बनेका छन् भने ९५६ घर भत्किएका छन् । क्षेत्रीय मौसम ब्युरोले मंगलबार बाढी प्रभावित क्षेत्रमा हाइ अलर्ट जारी गरेको छ । यहाँ अघिल्लो २४ घण्टासम्म भारी वर्षा हुने आशंका व्यक्त गरिएको छ। प्रारम्भिक तथ्यांक अनुसार बर्षापछिको बाढीका कारण ५४० मिलियन डरलको क्षति भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू