अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६
| Colorodo: 04:11
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग कश्मीर समस्यासँगै अन्य भूराजनीतिक विवादको समाधानका लागि शीर्ष तहमा दुई पक्षीय वार्ताका लागि प्रस्ताव गर्नुभएको छ । मोदी दोस्रो पटक प्रधानमन्त्री भएपछि उनलाई एक पत्र लेखि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दक्षिण एशियाली क्षेत्रमा स्थायीत्व सुनिश्चित गर्न वार्ता नै एक मात्र सम्भावित माध्यम रहेको र त्यसका लागि दुवै मुलुक लागि पर्नु पर्ने बताएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
पत्रमा खानले पाकिस्तान यो क्षेत्रमा शान्तिको पक्षमा रहेको र त्यसले उपमहाद्विपकै विकासमा सघाउ पुर्याउने बताउनुभएको छ । आगामी बिहीबार र शुक्रबार किर्गीस्तानको राजधानी विषेकमा हुन लागेको सांघाई कोप्रेशन शिखरमा दुई नेताबीच वार्ताको चाहना राख्दै खानले यो पत्र पठाएको अनुमान गरिएको छ।