अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 03:53

आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पर्यटक जान पाउने

बिआरटीनेपाल २०७६ जेठ २५ गते ९:५१ मा प्रकाशित

आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पर्यटक जान पाउने भएका छन् । यसका लागि पर्यटकले ३५ हजार डलर खर्च गर्नुपर्ने भएको हो । स्पेस स्टेशनलाई पर्यटन र दोस्रो व्यापारिक कामको लागि खुला गर्न लागिएको अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तरर्रा्ष्ट्रिय स्पेस स्टेशन जान पाउने बीबीसीले जनाएको छ । नासाका अनुसार निजी अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जानका लागि ३० दिन लाग्ने छ । उनीहरुलाई अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गराइने छ ।

नासाले यस कामका लागि इलोन मस्कको स्पेसएक्स र बोइङ्ग नामका दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । स्पेसएक्सले आफ्नो ड्रागन क्याप्सुल प्रयोग गर्ने छ भने बोइङ्गले स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइ रहेको छ । यी कम्पनीले कुनै निजी अन्तरिक्ष यात्रीसँग त्यति नै भाडा लिने छ, जति उसले नासाका अन्तरिक्ष यात्रीहरुसँग लिने गरेको छ । अर्थात् हरेक उडान उसले ६ करोड डलरभन्दा बढी भाडा लिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू