अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३०
| Colorodo: 22:45
युगाण्डाको पूर्वी क्षेत्रमा पर्ने बुडुडा जिल्लामा भारी वर्षापछि गएको पहिरोमा पुरिएर ५ जनाको ज्यान गएको छ । उक्त घटनामा ५० जना वेपत्ता भएको अधिकारीहरुले बताएका छन् । युगाण्डा रेडक्रसले भनेको छ, ‘‘प्रारम्भीक सूचना अनुसार झण्डै एक सय ५० घर भत्किएका छन् । पाँच जनाको मृत्यु भएको भने झण्डै ५० जना वेपत्ता भएको आशंका छ ।’’
केन्यासँग सीमा जोडिएको बुडुडा जिल्ला इलेगोन हिमालको फेदीमा पर्दछ । उक्त जिल्ला भूस्खलनको जोखिममा रहेको क्षेत्र हो । यसैवीच, युगाण्डाका प्रधानमन्त्री रुहाकाना रुगुण्डाको कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘‘सम्पत्तिको क्षति र नागरिक हराएको सूचना प्राप्त भएको छ ।’’