अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३
| Colorodo: 17:28
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो दोस्रो पटक पनि निर्वाचित हुनुभएको छ । इन्फान्टिनो सन् २०२३ सम्मका लागि निर्वाचित हुनुभएको हो । फ्रान्सको पेरिसमा बसेको फिफाको ६९ औँ वार्षिक साधारण सभाले इन्फान्टिनोलाई दोस्रो पटक कार्यकालको जिम्मेवारी दिएको हो ।
इन्फान्टिनोले सन् २०२६ को विश्वकपबाट सहभागी देशको संख्या बढाएर ३२ टिमलाई ४८ पुर्याउनुभएको थियो । उक्त प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् ।