अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५
| Colorodo: 14:50
नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ घटाएको छ । अन्तर्र्रािष्ट्रय बजारमा मूल्य घटेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । भारतीय आयल निगम(आईओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ घटेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
नयाँ मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले डिजेल र मट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।
आयल निगम नोक्सानमा गएपछि २०७१ असोजमा स्वचालित प्रणाली लागू गरेको थियो । सोही अनुसार निगमले समायोजन गर्दै आएको दाबी छ । आईओसीले १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोही अनुसार निगमले मूल्य समायोजन गर्दै आएको छ ।