अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४
| Colorodo: 22:49
उत्तरी अष्ट्रेलियाको डार्बिन सहरमा एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । अष्ट्रेलियाका प्रहरी अधिकारीका अनुसार एक मंगलबार एक बन्दुकधारीले अन्दाधुन्द गोलीबारी गरेपछि कम्तिमा चारजनाको मृत्यु भएको हो । एक पसलमा बन्दुकधारी पसेर अन्दाधुन्द गोलीबारी गरेको बताइएको छ । आक्रमणपछि बन्दुकधारी भने भागेका थिए ।
करिब एक घण्टापछि उक्त हमलावर पक्राउ परेको प्रहरीले बताएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त घटनाको आतंकवादी हमलासँग कुनै सम्बन्ध नभएको बताउनुभएको छ । प्रहरीका अनुसार उक्त हमलामा एक व्यक्ति मात्रै संलग्न थिए । त्यसैले अन्य व्यक्तिको खोजि कार्य बन्द गरिएको छ । उत्तरी अष्ट्रेलियाका प्रहरी अधिकारी मोर्गनले उक्त हमलामा मृतकको पुष्टि गरेका छन् भने दुईजना घाइते भएका छन् ।