अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 17:23

अन्नपूर्ण म्याराथनको उपाधि नेपाली सेनाका खगेन्द्र भाटलाई

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:२३ मा प्रकाशित

दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गत्को अन्नपूर्ण म्याराथनको उपाधि नेपाली सेनाका खगेन्द्र भाटले जितेका छन् । अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा सोमबार अन्नपूर्ण आधारशिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी चार घन्टा ६ मिनेट ५३ सेकेन्डमा पार गर्दै भाटले उपाधि जितेका हुन् ।

त्यस्तै, नेपाली सेनाकै हरिकुमार रिमालले सो दूरी चार घन्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै उपविजेता बने । नेपाली सेनाकै गोपाल तामाङ चार घन्टा २२ मिनेट २९ सेकेन्डमा दूरी पार गरी तेस्रो बने ।

समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधारशिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैंसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो । विजेताले एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ पुरस्कार जितेका छन् । दौडमा ४९ जना सहभागी भएका थिए ।

प्रतिक्रिया