अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 22:50

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतमा

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:२१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा लन्डन पुग्नाुभएको छ । लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खानविरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीटसमेत गर्नुभएको छ ।

विरोधकाबीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ । बेलायतमा रहँदा राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको टिप्पणी गर्नुभएको छ । यी दुवै नेताबीच बेलाबखत एकार्काका नीतिमाथि ट्वीटरमार्फत् सार्वजनिकरुपमै आरोप–प्रत्यारोप हुने गरेको छ ।

खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुई विशाल प्रदर्शनका तयारी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू