अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 15:04

३० औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:१८ मा प्रकाशित

राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी प्रदर्शनी २०७६’ को तयारी पूरा भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी– २०७६ को नामबाट आयोजना गरिन लागेको सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मुल नाराका साथ प्रदर्शनी आयोजना गरिएको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । प्रदर्शनीमा २ सय लघु घरेलु तथा साना उद्योगका उत्पादनको स्टल रहने छन् । जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ । प्रदर्शनीमा १ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू