अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 14:32

१ करोडको कारोबार सहित पाँचौ बेगनास फिस फेस्टिवल समापन

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:१७ मा प्रकाशित

लेखनाथको बेगनासतालमा पाँचौ संस्करणको बेगनास फिस फेस्टिवल एक करोड रुपैयाको कारोबार गर्दै आज समापन भएको छ । फेस्टिबलको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी ले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले पुरानो लेखनाथमा प्रसस्त जलासय रहेकाले यस क्षेत्रलाई माछा उत्पादनको केन्द्रका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान वहादुर कार्कीले व्यवसायिक सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै, घरेलु हिंसा रोक्नका लागि परिवारको मुख्य भूमिका रहने बताउनुभयो ।

समापन कार्यक्रममा नवआगन्तुक प्रहरी प्रमुख कार्की, बृहत बेगनास सरसफाई कार्यक्रमका अभियन्ता रामवहादुर रानाभाट, होटल तथा रेष्टुरेष्ट एशोसियशन लेखनाथका पूर्व अध्यक्ष किरण खनाल, दुर्गा प्रसाद अधिकारी, दामोदर भक्त थापा र हस्पीटालिटी कन्टेस्ट २०१९ का विजेता अनिक अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू