अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६
| Colorodo: 11:21
प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटमा परी अफगानिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
हमलाकारीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् । विस्फोट गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ ।
घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिनुभयो । विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको खानले बताउनुभयो ।