अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 22:58

दक्षिण अफ्रिकाको मन्त्रिमण्डलमा पहिलो पटक ५० प्रतिशत महिला सहभागिता

बिआरटीनेपाल २०७६ जेठ १७ गते २३:३९ मा प्रकाशित

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो मन्त्रिमण्डलमा ५० प्रतिशत महिला सहभागी गराउनुभएको छ । राष्ट्रपति रामाफोसाले गठन गरेको २८ सदस्यीय नयाँ मन्त्रिमण्डलमा ५० प्रतिशत महिलालाई स्थान दिइएको हो ।

मन्त्रिमण्डलमा ५० प्रतिशत महिला सहभागिता भएको दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपटक हो । मन्त्रिमण्डलमा एक जना त विपक्षी पार्टीकी नेतृलाई समेत समेटिएको छ । राष्ट्रपति रामाफोसाले विपक्षी पार्टीकी अनुभवी नेतृ पेट्रिसिया डे लीलीलाई मन्त्रिमण्डलमा सहभागी गराएको अन्तर्र्रािष्ट्रय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुड पार्टीबाट चुनाव जितेकी उहाँ केपटाउनकी पूर्वमेयरसमेत रही रहिसक्नुभएको छ । उहाँलाई पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गत ८ मेमा भएको चुनावमा रामाफोसाको पार्टी अफ्रिकन नेसनल कंग्रेसले चुनाव जितेको थियो । त्यसपछि रामाफेसाले अघिल्लो पटकको ३६ सदस्यीय मन्त्रिमण्डललाई घटाएर २८ सदस्यीय बनाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू