अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 22:57

ट्रम्पसँगको वार्ता असफल भएको निहुँमा उत्तर कोरियाका ५ वरिष्ठ अधिकारीलाई मृत्युदण्डको सजाँय

बिआरटीनेपाल २०७६ जेठ १७ गते २३:१२ मा प्रकाशित

गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएको बताईएको छ । दक्षिण कोरियाको एक अखबार चोसन इल्बो ले एक समाचार प्रकाशित गरी सो घटनाको पुष्टि गरेको हो । रिपोर्टअनुसार ती अफिसरहरुलाई फायरिङ स्कावयडले गोली ठोकेर मृत्युदण्ड दिएका थिए ।

त्यसमा उत्तरकोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि पनि परेका छन् । रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठक तय गर्ने जिम्मेवारी लिएका विशेष प्रतिनिधि किम होक चोलमाथि धोखा दिएको आरोप लगाइएको थियो । भियतनाममा भएको दुई नेता बीचको बैठकमा होक साथ मै थिए ।

उनी लगायतका विदेश मन्त्रालयका अन्य चार अधिकारीलाई उत्तरकोरियाको एउटा एयरपोर्टमा गोली ठोकेर मृत्युदण्ड दिइएको समाचारमा उल्लेख छ । सो पत्रिकाले मारिएका अन्य अधिकारीहरुको नाम भने सार्वजनिक गरेको छैन । किमले यसअघि राजीतिक गुरुकै रुपमा रहेका जाङ थायक लगायतहरुमाथि पनि भ्रष्टाचार र देशद्रोह लगायतका मुद्धामा गोली ठोकेर मृत्युदण्ड दिनुभएको थियो । कोरियाली प्रायद्धीपको एकीकरणका लागि काम गरिरहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन ।

ट्रम्प र किमबीच गत फेब्रसअरीमा भियतनामको हनोइमा वार्ता भएको थियो । उक्त भेटवार्तामा केही सम्झौता हुन सकेको थिएन । दुई नेताबीच भएको सो भेटवार्ता असफल भएको मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू