अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 15:18

भर्जिनिया गोलीकाण्ड – सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ १७ गते २२:२५ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा रहेको एक सरकारी भवनमा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा अरु ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दैै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

भर्जिनियाको स्थानिय बिच म्युनिसिपल सेन्टरको भवनमा गोलीकाण्ड भएको हो । आरोपित आक्रमणकारी सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आक्रमणकारीको परिचय खुलाइएको छैन, तर जवाफी कारवाहीको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटना नेपाली समय अनुसार शनिबार बिहान पौने दुई बजे भएको हो ।

घाइते हुनेहरुमा ६ जना प्रहरी अधिकारी समेत रहेको बताईएको छ । अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले जानकारी दिनुभयो । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू