अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२
| Colorodo: 15:17
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गर्नुभएको छ । मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गर्नुभएको हो ।
उहाँले आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी दिनुभयो । अवैध आप्रवासीको प्रवेश पूर्णरुपले बन्द नभएसम्म करबृद्धिको क्रम विस्तारै बढाउँदै लैजाने ट्रम्पको योजना छ ।
उता, मेक्सिकोले भने अमेरिकी कदमको विरोध गरेको छ । ट्रम्पको घोषणा कार्यान्वयनमा आए मेक्सिकोले पनि उचित जवाफ दिने प्रतिक्रिया दिएको छ । मेक्सिकोसँगको सिमामा पर्खाल लगाउने योजनामा रहनुभएका ट्रम्पले आप्रवासी र वैदेशिक व्यापारको सवालमा सधैं कडा नीति लिँदै आउनुभएको छ ।