अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 14:40

पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई परराष्ट्रमन्त्री ज्ञवाली आह्वान

बिआरटीनेपाल २०७६ जेठ १७ गते ९:३२ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिक हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

काठमाडौँमा आजदेखि सुरु भएको ‘एशीया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उहाँले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले अब विकास निर्माणको कामले तीव्रता पाउने पनि बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू