अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 17:10

आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै

बिआरटीनेपाल २०७६ जेठ १६ गते ९:५७ मा प्रकाशित

वान डे खेलको सर्वोच्च प्रतियोगिता विश्वकप क्रिकेट २०१९ आजदेखि सुरु हुँदैछ । उपाधिको सबैभन्दा बलियो दाबेदार आयोजक इंग्ल्यान्डलाई नै मानिएको छ । इंग्ल्यान्डलाई चुनौती दिन सक्ने दुई टिम भने डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत हुनेछन् ।

इंग्ल्यान्डले अहिलेसम्म वान डे विश्वकप जित्न सकेको छैन । सन् १९९२ सम्म तीन पल्ट फाइनल खेलेर पनि सबै अवसरमा इंग्ल्यान्ड उप विजेतमै सीमित रहनु परेको छ । तर धेरैको अनुमान छ, इंग्ल्यान्डको पीडादायी ४५ वर्षको पखाई यसपल्ट अन्त्य हुन सक्छ । सेतो बलमा कडा प्रहार गर्न माहिर विशेषज्ञ खेलाडीको वर्चश्व रहेको इंग्ल्यान्ड ५० ओभरको वान डे क्रिकेटको शीर्ष वरीयता प्राप्त टिम पनि हो । कोहलीको टिममा पनि स्टार खेलाडीका कुनै कमी छैन र यो टिमसँग भर्खर आईपीएल खेलेको बाक्लो अनुभव छ ।

सन् २०१५ मा पाँचौं पल्ट विश्वकप जितेको अस्ट्रेलिया भने आफ्नो दुई स्टार खेलाडी स्टिभ स्मिथ र डेविड वार्नरको पुनर्आगमनबाट उत्साहित छ । बल ट्याम्परिङ काण्डमा फसेर एक वर्षको प्रतिबन्धपछि उनीहरू टिममा फर्केका हुन् । कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पनि उत्साहजनक प्रदर्शनको आश राख्ने छ । सहभागी सबै टिमले सुरुमा एकआपसविरुद्ध खेल्नेछन् । लिग चरणको समाप्तिमा शीर्ष चारमा रहने टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रतिक्रिया