अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 15:17

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सपथ ग्रहण

बिआरटीनेपाल २०७६ जेठ १६ गते ९:५४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको दोश्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । भारतको राष्ट्रपति निवासमा देशविदेशका ८ हजार अतिथिहरुको उपस्थितिमा प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक शपथ लिनुभएको हो ।

नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा मोदीले आज साँझ शपथ ग्रहण गर्नुभयो । मोदी नेतृत्वको नवगठित मन्त्रीमण्डलमा सहकर्मी मन्त्रीका रुपमा राजनाथ सिंहले गृह मन्त्रालय को जिम्मेवारी पाउनुभएको छ भने भाजपा अध्यक्ष अमित शाह तेस्रो वरियताका मन्त्री बन्नुभएको छ । सिंह र शाहपछि नितीन गडकरीले चौथो मन्त्रीका रुपमा शपथ लिनुभएको छ । गडकरीले साबिककै यातायात मन्त्रालय को जिम्मेवारी सम्हाल्नुहुनेछ ।

नयाँ मन्त्रीमण्डलमा सदानन्द गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्रसिंह तोमर, रविशंकर प्रसाद र स्मृति ईरानी लगायतले पनि मन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिको मन्त्रिपरिषदमा शक्तिशाली सदस्यका रुपमा भूमिका खेलेका विदेशमन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्लीले भने यसपटक जिम्मेवारी पाएका छैनन् ।

मोदीको शपथमा विपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धी र नेत्री सोनिया गान्धी पनि सहभागी हुनुहुन्थ्यो । एनडीए गठबन्धनको प्रमुख दल जनता दल भने सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू