अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 14:58

बजेटले जनताको अपेक्षालाई सम्बोधन गरेको छ– अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७६ जेठ १६ गते ९:४८ मा प्रकाशित

नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको प्रष्ट पार्नुभयो ।

बिहीबार अर्थ मन्त्रालयमासञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग संयुक्त पत्रकार सम्मेलन गरी उहाँले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका समस्या समाधानमा जोड दिइएको बताउनुभयो । जनताको दीर्घकालीन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि उहाँको भनाई थियो ।
अर्थमन्त्री खतिवडाले बजेटले आगामी आर्थिक बर्षभित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अरब बजेटको व्यवस्था गरेको पनि स्मरण गराउनुभयो । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पु¥याइएको मनत्री खतिवडाले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । गरिब र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाई छ ।

बजेटमा राज्यले संरक्षण गर्नुपर्ने जेष्ठ नागरिक, अपांग नागरिक, एकल महिलाहरुलाई दिईदै आएको भत्ता एक हजारका दरले बृद्धि गरिएको छ । अर्थमन्त्री खतिवडाले राज्यले संरक्षण गर्नुपर्ने नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दिइँदै आएको भत्तामा वृद्धि गरिएको पनि बताउनुभयो । युवा परिचालन, महिला हिंसा अन्त्य लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको छ । अर्थमन्त्री खतिवडाले कृषिलाई आधुनिकीकरण गर्न कृषि कर्जाको पनि व्यवस्था बजेटमा समेटिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू