अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 15:04

नक्कली मदिरा सेवनका कारण भारतमा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ १५ गते ९:५२ मा प्रकाशित

भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको छ । मदिरा सेवनबाट धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ ।उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको जानकारी आएको बताउनुभयो । स्थानीय मिडियाले भने मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बंगालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंगाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले बर्सेनी धेरैको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू