अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५
| Colorodo: 14:50
भुकम्पले क्षतिग्रस्त नेपाल– चीनको व्यापार नाका तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । चार वर्षअघि वि. सं २०७२ साल वैशाख को भूकम्प ले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि १ हजार ४९५ दिनपछि तातोपानी नाका सञ्चालनमा आएको हो ।
नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।