अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 15:15

युवतीका कारण ढल्यो अष्ट्रियाको सरकार

बिआरटीनेपाल २०७६ जेठ १४ गते ८:०८ मा प्रकाशित

अष्ट्रियामा फ्रिडम पार्टीको सरकार ढलेको छ । स्थानीय एक युवतीसँग फ्रिडम पार्टीका एक नेताले रक्सी खाएको भिडियो लिक भएसंगै सोही विषयलाई लिएर सरकार ढलेको हो । अष्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जलाई सरकारबाट हटाइएको छ । उहाँले संसदमा विस्वासको मत पाउन नसक्दा सरकारबाट बाहिरिनु परेको हो । संसदको विशेष सत्रमा बोलाइएको अविश्वास प्रस्तावमा कुर्जले समर्थन हासिल गर्न सक्नुभएन ।

उहाँको पूर्व सहयोगी फ्रिडम पार्टी र विपक्षी दल सोसल डेमोक्रेट्सले अविश्वास प्रस्तावको समर्थन गरेको थियो । अष्ट्रियाली राष्ट्रपति एलेक्जेन्डर वेन डेर बेलनले भाइस चान्सलर हर्टविग् लगरलाई अन्तरिम नेता नियुक्त गर्नुभएको छ । १७ महिना अगाडिमात्र अष्ट्रियाको चान्सलरको रुपमा सत्तामा आएका वामपन्थी अष्ट्रियन पिपल पार्टीका ३२ वर्षीय नेता कुर्ज अष्ट्रियाको राजनीतिक इतिहासमा ७ दशक यता विश्वासको मत प्राप्त गर्न नसकी बर्खास्तमा पर्ने पहिलो नेता बन्नुभएको छ ।

फ्रिडम पार्टीका नेता हेइन्ज क्रिस्चियनको भ्रष्टाचार सम्बन्धी भिडियो टेप सार्वजनिक भएपछि सरकार ढलेको हो । गत १८ मेमा ती नेताले रुसी महिलासँग आर्थिक सहयोग माग्दै ती महिलासँग सरकारको समर्थन दिने बताउँदै गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि भाइस चान्सलरको रुपमा रहेका क्रिस्चियनले राजीनामा दिनुभएको थियो । क्रिस्चियनले राजीनामा दिएसँगै चान्सलर कुर्जले त्यहाँका गृहमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । चान्सलर कुर्जले चार मन्त्रीलाई परिवर्तन गर्दै त्यहाँको काम कर्मचारीलाई जिम्मा लगाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू