अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४
| Colorodo: 03:09
कतारस्थित नेपाली दूतावासले कतारमा कार्यरत नेपालीलाई असामाजिक गतिविधि नगर्न आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेपाली समुदायका केही व्यक्तिहरुले स्थानीय संस्कृति तथा नियम कानुन विपरित सार्वजनिक स्थलहरुमा असामाजिक रुपले प्रस्तुत हुने गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
यी हुन् गर्न नहुने ८ काम
सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने, बेचविखन गर्ने, होहल्ला तथा झै झगडा गर्ने गरेको र त्यस उपर विभिन्न तह र तप्काबाट नकारात्मक टिप्पणी भएको पाइएको छ । कतारको नियम कानुन विपरितका गतिविधि क्रियाकलाप गरे सम्बन्धित व्यक्तिले नै सजाय भोग्नु पर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिले नेपालीको छवि विगार्ने पनि दूतावासले जनाएको छ ।