अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 14:46

चुनाव हारेपछि भारतीय नेता लालुप्रसाद यादव तीन दिन भोकै

बिआरटीनेपाल २०७६ जेठ १३ गते ८:३० मा प्रकाशित

लोकसभा निर्वाचनमा भएको शर्मनाक हारपछि भारतीय नेता लालुप्रसाद यादव ३ दिन भोकै बसेको बताईएको छ । अधिकांश अवस्थामा हास्यविनोदमा रमाउने लालुले यसपालि भने बिहार र झारखण्डमा आफ्नो पार्टीले बेहोरेको पराजयलाई भने हाँसेर उँडाउन सक्नुभएन ।

लोकसभा चुनावमा राष्ट्रिय जनता दलले नराम्रो हार बेहोरेपछि लालु तीन दिनसम्म भोकै बस्नुभएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । बिहीबारदेखि भोकै बसेका लालुले आइतबार साँझबाट खाना खान थालेको बताईएको छ । भ्रष्टाचारको अभियोगमा जेल परेका यादव पछिल्लो केही समययता अस्वस्थ हुनुहुन्थ्यो । चुनावको परिणामले उहाँमा झन् निराशा थपिदिएको छ । स्वास्थ्य बिग्रिएपछि यादवलाई राँचीको राजेन्द्रप्रसाद अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य झन् बिग्रनसक्ने भन्दै चिकित्सकहरूले दबाब दिएपछि अन्ततः लालु गलेको बुझिएको छ ।

सामान्य चेकजाँचपछि उहाँलाई खाना खान दिइएको बताइएको छ। लालुको दल यसपटकको चुनावमा खाता खोल्नसमेत असफल भएको छ । जनता दलका प्रवक्ता मृत्युञ्जय तिवारीले लालुको अनुपस्थितिकै कारण पार्टीले हार बेहोर्नुपरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू