अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 12:38

ट्राफिक चापले मात्रै आरोहीको मृत्यु नभएको पर्यटन विभागको स्पष्टोक्ती

बिआरटीनेपाल २०७६ जेठ १२ गते ७:१८ मा प्रकाशित

पर्यटन विभागले सगरमाथा लगायत क्षेत्रमा परी निधन भएका आरोहीको मृत्युको कारण ट्राफिक चाप मात्र नरहेको स्पष्ट पारेको छ ।

विभागले आज विज्ञप्ती जारी गर्दै हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आसयको प्रचारले सगरमाथाको महत्व र गरिमा होच्याउने काम गरेको उल्लेख गरेको हो ।

आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ । विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि एक सय १६ आरोहण अनुमतिमार्फत आठ सय ९५ जनालाई हिमाल आरोहणको अनुमति थियो ।

यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र फर्कने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू