अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 05:01

भारत लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक , भाजपाले एक्लैले जित्यो ३०५ सिट

बिआरटीनेपाल २०७६ जेठ १० गते ८:२० मा प्रकाशित

भारतमा १७ औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ । भाजपाले तीन सय ३ सिट जितेको छ । यो सन् २०१४ भन्दा २१ सिट बढी हो ।

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो । भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्याएको छ ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो ।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् । यो जितसँगै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू