अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 05:31

बेलायती प्रधानमन्त्री थेरेसा मेद्धारा पदबाट राजीनामा

बिआरटीनेपाल २०७६ जेठ १० गते ८:१९ मा प्रकाशित

बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिनुभएको छ । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ । उहाँले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको बिबिसीले जनाएको छ । तर नयाँ प्रधानमन्त्री नचुनुन्जेल मे पदमै रहनुहुनेछ । एक भावुक सम्बोधनको क्रममा प्रधानमन्त्री मेले युरोपियन युनियनबाट बेलायतलाई छुट्टयाउनका लागि आफूले सक्दो प्रयास गरेको बताउनुभयो । अब बन्ने प्रधानमन्त्रीले पनि देश हितका लागि त्यो प्रयास जारी राख्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री मेले बे्रक्जिट प्रक्रियालाई टुंग्याउन नसक्दा आफुलाई निकै पश्चाताप भएको पनि बताउनुभएको छ । सम्बोधन संगै राजीनामा घोषणा गर्दै गर्दा उहाँको गला अवरुद्ध भएको थियो । बेलायती इतिहासमा आफु दोस्रो महिला प्रधानमन्त्री भए पनि यो नै अन्तिम नभएको मेले बताउनुभयो । प्रधानमन्त्रीको रुपमा काम गर्नु पाउनु जीवनकै गर्व भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू