अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 06:46

कुनैपनि कार्यालयमा मेरो तस्वीर नझुण्ड्याउनु– युक्रेनी राष्ट्रपति जेलेन्स्की

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:३१ मा प्रकाशित

युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले देशका कुनैपनि कार्यालयमा आफ्नो तस्वीर नझुण्ड्याउन निर्देशन दिनुभएको छ । निर्वाचित भएको एक महिनापछि पद तथा गोपनियताको सपथ लिएका जेलेन्स्कीले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आफ्नो तस्वीर नझुण्ड्याई त्यहाँका जनताका बच्चाको तस्वीर राख्न निर्देशन दिनुभयो ।

“त्यहाँ मेरो होइन तपाईंहरूको तस्वीर हेर्न चाहन्छु । राष्ट्रपति कुनै आइकन होइन, न मूर्ति हो, राष्ट्रपति न त पोट्रेट नै हो । त्यो ठाउँमा तपाईंका बच्चाहरूका तस्वीर राख्नुस् अनि हरेक निर्णय गर्नुभन्दा पहिला उनीहरूका आँखामा हेर्नुस्,’ राष्ट्रपति जेलेन्स्कीको भनाई छ । हाँस्यकलाकारबाट राष्ट्रपति पदमा निर्वा्चित जेलेन्स्कीले पदभार सम्हाल्दै आफु सबै युक्रेनीको राष्ट्रपति भएको पनि प्रष्ट पार्नुभयो ।

पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार ४९ वर्षिय भोलोदमिर जेलेन्स्कीले एक महिनाअघि भएको राष्ट्रपतिको निर्वाचनमा आफ्ना प्रतिष्पर्धी सबैलाई पछि पार्दै चुनाव जित्दा सबैतिर आश्चर्य छाएको थियो । राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाउँदा उहाँका प्रतिष्पर्धी राष्ट्रपति पेट्रो पोरोसेन्कोले जम्मा २५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

तत्कालीन राष्ट्रपति पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आउनुभएको थियो । कुनै राजनीतिक जिम्मेवारी नसम्हालेको र संगठनभन्दा कलाकारिताको प्रयोग गरी नागरिकलाई हँसाएकै भरमा चुनाव जितेका जेलेन्स्कीलाई आफ्नो कार्यकाल त्यति सहज हुन नसक्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू