लन्डन । बेलायतको संसद् भवनमा प्रयोग भएको कण्डम भेटिएपछि हँगामा भएको छ । बेलायती संसद्मा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको हो । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरू संसद्मा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ ।
यो खुलासा उक्त कार्यालयमा सरसफाइको काम गर्ने कामदारहरूले गरेका हुन । उनीहरूका अनुसार ब्रिटेन संसद्मा सांसदहरूले प्रयोग गरिएको कण्डम बोकेर आउने गरेको पाइएको छ ।
पश्चिमा देशहरूमा यौन सामान्य भए पनि संसद् भवनभित्र यस्तो हुनुले देशको इज्जत र प्रतिष्ठामा आँच आएको कतिपय सांसदको तर्क छ । उनीहरूले उक्त घटनाबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत माग गरेका छन् । सफाइ कम्पनीको एक कर्मचारीका अनुसार गत वर्ष वेस्टमिनिस्टर सेक्स कान्ड पनि एकदमै चर्चित कान्ड हो ।
सामाजिक सङ्घले संसद्को प्रबन्धकसँग छलफल गरेको थियो कि एक सांसदसँग शारीरिक सम्पर्क गर्न तिनीहरूलाई जिस्क्याउने गर्ने गरेको गुनासो आएको थियो । दैनिक नेपालबाट