अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 05:55

जलवायु परिवर्तनका विषयमा विश्व ‘गलत बाटोमा’ – राष्ट्रसंघ महासचिव गुटेर्रेस

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ९:२९ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसल जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ बताउनुभएको छ । दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसंघ प्रमुखले न्यूजिल्याण्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उत्त, कुरा बताउनुभएको हो । अन्तर्राष्ट्रिय राजनीतिक संकल्प हराउँदै गएको र यसबाट समुद्री सतहबाट निकै नजिकको उचाइमा रहेका साना टापूहरू प्रभावित भइरहेको उहाको भनाई थियो ।

जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १.५ डिग्री सेल्सियसमा सीमित गर्ने योजनाअघि सारेको भए पनि यसलाई कार्यान्वयनको तहमा लान तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय मुलुकले नै आनाकानी गरिरहेका गुटेर्रेसले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू