अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१
| Colorodo: 03:36
नाइजेरियामा आतंकवादी गतिविधिमा संलग्न हुँदै आएको बोको हराम समूह विरुद्ध लड्ने सशस्त्र समूहका ९ सय बालबालिका घर फर्काइएका छन् । युनिसेफका अनुसार बोको हरामविरुद्ध लड्ने समूह सिभिलिएन जोइन्ट टास्क फोर्स सिजेटिभीमा भर्ती भएका बालबालिका घर फर्काइएका हुन् ।
जसमध्ये १ सय ६ जना किशोरी रहेका छन् । नाइजेरियामा आतंकवाद विरुद्ध लड्न सन् २०१३ देखि सिजेटिएफ शसस्त्र समूहको स्थापना भएको थियो । त्यस समूले बोको हरामविरुद्ध लड्न बालबालिकालाई आफ्नो समूहमा भर्ती गर्ने गरेको छ ।
सन् २०१३ देखि २०१७ सम्ममा नाइजेरियामा २५ सय बालबालिका सिजेटिएफमा भर्ती भएको युनिसेफको अध्ययनले देखाएको छ ।