हङहङको संसदमा दुई पक्षका सांसदबीच हानाहान भएको छ । सुपुर्दुगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच घम्साघम्सी सुरु भई हात हालाहालको स्थिति सृजना भएको थियो । घटनापछि मुक्का हानाहान हुँदा एक सांसद गम्भिर घाईते भएका छन्, उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
हङहङले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुर्दुगी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको छ । नयाँ परिवर्तनमा अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुर्दुगी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुर्दुगी गरिने व्यवस्था छ ।
प्रस्तावित सुपुर्दुगी काननु पारित भएमा बेइजिङको हङहङमाथिको नियन्त्रण बढ्ने यसका विरोधीहरुको भनाई छ । उनीहरुका अनुसार यसपछि अहिले हङहङलाई दिइदै आएको कयैन विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुनेछ । सन् १९९७ सम्म ब्रिटिस उपनिवेश रहेको हङहङ, चीनलाई हस्तान्तरण गरिँदा यस क्षेत्रमा छुट्टै कानुनी–क्षेत्राधिकार हुने सहमति भएको थियो ।
शनिवार संसदमा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदले विधयकबारे अलग सुनुवाई सुरु गर्न थालेपछि तनाव उत्पन्न भएको थियो ।