अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 02:54

चीनप्रति कठोर अमेरिका, भन्सार दोब्बर पारिएको घोषणा

बिआरटीनेपाल २०७६ वैशाख २७ गते ९:२६ मा प्रकाशित

अमेरिकाले चीनमा उत्पादित सामग्री माथिको भन्सार दर दोब्बर पारेको छ । दुई देशबीचको व्यापारयुद्ध चर्किंदै जाँदा अमेरिकाले यस्तो घोषणा गरेको हो । यसअघि १० प्रतिशत भन्सार लगाउँदै आएको अमेरिकाले अब चिनियाँ सामानमा २५ प्रतिशत कर लिनेछ ।

ट्रम्प प्रशासनको यो निर्णयबाट चीनका इलेक्ट्रोनिक्स, मेसिनरी, कार पार्टस् र फर्निचर उत्पादकहरू प्रत्यक्ष मर्कामा पर्नेछन् । सन् २०१८ को तथ्याकंअनुसार अमेरिकाले चीनसँग २५० बिलियन डलर भन्सार असुलेको थियो भने चीनले अमेरिकी सामानमाथि १२० बिलियन डलर कर लगाएको थियो ।

चीनले अमेरिकाको उक्त कदमप्रति खेद जनाउँदै ’उचित जवाफ दिने’ बताएको छ । तर उसको सम्भावित कदम प्रस्ट भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू