अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 15:55

अर्बपति जेफ बेजोसद्वारा “मुन मिसन” अनावरण

बिआरटीनेपाल २०७६ वैशाख २७ गते ९:१२ मा प्रकाशित

अर्बपति एवम् अमेजनका सिइओ जेफ बेजोसले शुक्रबार आफ्नो पहिलो ‘मुन मिसन’को अनावरण गर्नुभएको छ । यसमा उहाँले कम्पनीको ‘ब्लू ओरिजिन स्पेस प्रोग्राम’ बनाईएको जहाँ नयाँ रकेट र इन्जिन तथा अन्तिरिक्ष बनाइएको बताउनुभएको छ । बेजेसोले उक्त मिसनको अनावरण गर्दै अहिलेको मिसन चन्द्रमा फेर्केर जाने रहेको र अब अन्तरिक्षको यात्रा तय गर्ने र त्यहाँसम्म पक्कै पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वासिङटनमा नासा तथा अन्य कम्पनीको मालिकको उपस्थितिमा बेजोसले अन्तरिक्षमा भौतिक पूर्वाधार नभएकाले त्यहाँ कुनै पनि काम गर्न सहज नभएको पनि बताउनुभयो । यस्तै बेजोसले भविष्यमा अन्तरिक्ष तथा चन्द्रमामा मानिसहरुको बस्ती बनाउने चाहना व्यक्त गर्नुभएको छ । आफ्नो उक्त कार्यक्रमको माध्यमबाट उहाँले अन्तरिक्षको यात्रा सस्तो र सुलभ बनाउन खोजेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै मात्र सन् २०२४सम्म चन्द्रमामा दोस्रो पटक मानव पठाउने घोषणा गर्नुभएको थियो । नासाले यसको लागि नीजी कम्पनीसँग काम गरिरहेको छ । नासा स्पेस एक्ट एग्रीमेन्टको माध्यमबाट स्पेस प्रोग्रामको लागि बेजोसलाई करीब ९१ करोड रुपैयाँ लगानी गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू