अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 15:39

इन्डोनेशियामा थेसिसको विषयमा विवाद हुँदा विद्यार्थीद्वारा प्रोफेसरको हत्या

बिआरटीनेपाल २०७६ वैशाख २६ गते ९:३१ मा प्रकाशित

इन्डोनेशियामा थेसिसको विषयमा एक जना विद्यार्थी र प्रोफेसरबीच भएको वादविवादले घातक रुप लिएको छ । विवादका क्रममा विद्यार्थीले आफ्नो प्रोफेसरको हत्या गरेका छन् । उक्त घटना गत मे २ सोमबारका दिन सुमात्रा मुहम्मदिया विश्वविद्यालयमा भएको हो ।

उक्त घटनामा विश्वविद्यालयको गाइडेन्स तथा काउन्सिलिङ विभागको शिक्षा संकायमा कार्यरत ५७ वर्षिया प्रोफेसर डा. एचजे नुरैन लुविसको मृत्यु भएको हो। एक स्थानीय मिडिया रिपोर्टका अनुसार लुइस र उनका २१ वर्षीय विद्यार्थी रोर्मार्दो शाह सिरेगरबिच थेसिसको बारेमा कुराकानी भइरहेको थियो। त्यसपछि लुईस बाथरुमतर्फ अगाडि बढेकी थिइन् । केही समयपछि उनका विद्यार्थीले बाथरुमको अगाडि उनीमाथि आक्रमण गरेका थिए ।

उनले प्रोफेसरको भनाइबाट अपमानित भएर उनीमाथि आक्रमण गरेको बताइएको छ। विद्यार्थीको आक्रमणपछि लुईस भुइँमा लडेकी थिइन् । उक्त विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रोफेसर लुविसका भाई मोहम्मद जिन लुविसले आफ्नी दिदीको मृत्युमा विश्वविद्यालय दोषी भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू