अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२
| Colorodo: 01:47
पाकिस्तानको लाहौरमा भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । सुफी सम्प्रदायको धार्मिक तीर्थस्थल नजिकै अज्ञात समूहले गराएको विस्फोटमा परि पाँच जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
मारिनेमध्ये तीन जना प्रहरी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मेदारी लिएको छैन । यसैवीच, प्रधानमन्त्री इमरान खानले घटनाको निन्दा गर्नुभएको छ । विस्फोटस्थल वरपर प्रहरीले ब्यापक खानतलासी गरिरहेको छ ।
आक्रमण आत्मघाती हो वा होइन भन्ने विषयमा छानविन भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।