अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 15:46

यौन दुव्र्यवहारको आरोपमा भारतका प्रधानन्यायाधीशलाई सफाइ

बिआरटीनेपाल २०७६ वैशाख २४ गते १०:०३ मा प्रकाशित

भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले यौन दुव्र्यवहारको आरोपमा सफाइ पाउनुभएको छ । न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले प्रधानन्यायाधीशमाथि लागेको आरोपमा कुनै सत्यता नभएको ठहर गरेको हो ।

प्रधानन्यायाधीश रञ्जनमाथि सर्वोच्च अदालतकै एक पूर्वकर्मचारीले गत अप्रिल १९ मा यौन दुव्र्यवहारको गरेको आरोप लगाएकी थिइन् । प्रधानन्यायाधीशमाथि नै गम्भीर आरोप लागेपछि सर्वोच्च अदालतको पूर्णइजलासले वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो । समितिले प्रधानन्यायाधीश र पीडित भनिएका महिलासँग बयान लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू