अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३
| Colorodo: 15:58
म्यानमारमा समाचार संकलनकाक्रममा पक्राउ परेका ‘रोयटर्स’का दुईजना संवाददाता रिहा भएका छन् । सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका लो र क्याव नाम गरेका संवाददाताहरु ५०० दिनपछि रिहा भएका हुन् ।
म्यानमारमा रोहिंग्या मुस्लिम समुदायकाबारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो भने गत सेप्टेम्बरमा सात वर्षको जेल सजाय तोकिएको थियो । रोयटर्सले भने पक्राउ गरिएका दुवै संवाददातालाई तत्काल रिहा गर्न माग गर्दै आएको थियो । पक्राउको विश्वव्यापीरुपमा विरोध भएको थियो । रिहा भएका दुवैजनाले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् ।