अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 15:33

इरानलाई चेतावनीसहित मध्यपूर्वमा अमेरिकी युद्धपोत तैनाथ

बिआरटीनेपाल २०७६ वैशाख २४ गते १०:०० मा प्रकाशित

अमेरिकाले इरानलाई ‘स्पष्ट र सिधा सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि युद्धपोत तैनाथ गरिएको बताउनुभयो ।

बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनीसमेत दिनुभएको छ । इरानमा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि हमलाको आशंकाका कारण अमेरिकाले यो कदम चालेको हुनसक्ने बताइएको छ ।

अमेरिकी सुरक्षा सल्लाहका बोल्टनले भने अमेरिकाले युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले अमेरिकाले इरानसँग युद्ध नचाहेको तर कुनै पनि आक्रमण भए त्यसको तयारीका लागि युद्धपोत परिचालन गरिएको बताउनुभयो । पछिल्लो समयमा अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू