अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 15:45

पपुवा न्यु गिनीमा ७.२ म्याग्निच्युडको भूकम्प

बिआरटीनेपाल २०७६ वैशाख २४ गते ९:५२ मा प्रकाशित

पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यसको पुष्टि गरेको हो । स्थानीय समयानुसार सोमबार राति ९– १९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ ।

युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि भुकम्पको धक्का महशुस भएको छ । भूकम्पपछि धनजनको क्षतिबारे कुनै पनि समाचार प्राप्त भएको छैन भने सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू