अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 15:35

जापानका राजा नारुहितोको पहिलो सम्बोधन– विश्व शान्तिका लागि काम गर्न आव्हान

बिआरटीनेपाल २०७६ वैशाख २१ गते ९:१७ मा प्रकाशित

जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागि सँगसँगै काम गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ । राजामा नियुक्त भएपछि पहिलो सम्वोधन गर्दै शनिबार उहाँले सवै देशहरूसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताउनुभयो । ‘म गम्भिरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सबै देशहरूले सहकार्य गर्नु आवश्यक छ।‘– नारुहितोले भन्नुभयो । जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा सम्बोधनको क्रममा देखिनुभएको थियो । राजासँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरू पनि सो सम्बोधनमा देखिएका थिए ।

जापानका सम्राट नारुहितोले मंगलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको थियो । नारुहितो जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा बन्नुभएको छ । विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मंगलबार मध्यरातमा ‘क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको विशिष्ट रूपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।

उहाँका बुबा सम्राट अकिहितोले मंगलबार राजगद्दी त्याग्नुभएको थियो । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो । पूर्वराजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी हुनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू