अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१
| Colorodo: 15:46
थाइल्याण्डका राजा माहा वाजिरालङकोर्न को राज्याभिषेकको तीन दिने समारोह सुरु भएको छ । हिन्दु तथा बौद्ध परम्परा अनुसार राजा माहाको राज्याभिषेक समारोह शुरु भएको हो ।
वाजिरालङकोर्न थाइल्याण्डको राजगद्दिमा औपचारिक रुपमा बसेसँगै पूर्ण रुपमा देशको राजा बन्नुभएको छ । सन् २०१६ मा पिता भूमिबोलको निधन भएपछि उहाँ गद्दि आरोहण गर्नुभएको थियो । तर उहाँको औपचारिक राज्याभिषेक भएको थिएन ।
राजा माहाले केही दिनअघि लामो समयदेखिकी प्रेमिका तथा अंगरक्षक सुथिदासँग विवाह गरेर उनलाई रानीको उपाधि प्रदान गर्नुभएको थियो । थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ । राजामा सिमित अधिकार मात्रै छ । तर थाइल्याण्डका नागरिकले राजपरिवारलाई उच्च सम्मान गर्छन् जहाँ राजा तथा राजपरिवारको निन्दा गर्न नपाईने कडा कानुन छ ।