अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 16:13

बिजेपीलाई फाइदा हुने काम गर्नुभन्दा मृत्यु रोज्नेछु – प्रियंका गान्धी

बिआरटीनेपाल २०७६ वैशाख २० गते १०:०६ मा प्रकाशित

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले लोकसभा निर्वाचनमा सत्ताधारी दल भारतीय जनता पार्टी (बिजेपी)लाई फाइदा पुर्याउनुभन्दा मृत्यु रोज्ने बताउनुभएको छ । बिजेपीलाई विनाशक विचारको पार्टी भएको भन्दै प्रियंकाले उसलाई चुनावमा फाइदा पुर्याउन कुनै भूमिका नखेल्ने बताउनुभयो ।

यसअघि, बहुजन समाजवादी पार्टी अध्यक्ष मायावतीले उत्तर प्रदेशको लोकसभा निर्वाचनमा प्रियंकाले बिजेपीलाई फाइदा पुर्याइरहेको आरोप लगाउनुभएको थियो । प्रियांकाले मायावतीको उक्त आरोपको जवाफ दिँदै आफूलाई बिजेपीको विचारलाई फाइदा हुने काम गर्नुभन्दा मृत्यु प्यारो हुने बताउनुभएको हो । मायावतीले अप्रत्यक्ष रूपमा कांग्रेसले बिजेपीलाई फाइदा पुर्याएकोे बताउनुभएको थियो ।

आफ्नी आमा सोनिया गान्धीको चुनावी क्षेत्र राय बरेलीमा आयोजित चुनावीसभामा मायावतीलाई दिएको जवाफमा प्रियंकाले भन्नुभयो– “मैले स्पष्ट भाषामा भनेकी छु कि कांग्रेस आफ्नो दममा चुनाव लडिरहेको छ। बिजेपीलाई फाइदा पुर्याउनुभन्दा मर्न रुचाउनेछु । हामीले जहाँ बलिया उम्मेदवार उठाएका छौँ त्यहाँ हामी जित्नेछौ । कमजोर उम्मेदवार भएका ठाउँमा बिजेपीका भोट काट्नेछौ ।’
मायावतीले कांग्रेस र बिजेपी एउटै थालीका चट्टे बट्टे भएको आरोप लगाउनुभएको थियो ।

उहाँले कांग्रेसलाई भोट दिनु भोटको बर्बादी भएको बताएकी बताउनुभएको थियो । मायावतीले कांग्रेसले समाजवादी र बहुजन समाजवादीको गठबन्धनलाई नोक्सान पुर्याउन उम्मेदवार उठाएको पनि आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू