अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 16:34

सामुद्रिक आँधी ‘फानी’ भारत ओडिशाको पुरी तटमा ठोक्कियो, हावाको गति १७५ किलोमिटर प्रतिघन्टा

बिआरटीनेपाल २०७६ वैशाख २० गते ९:५४ मा प्रकाशित

बंगालको खाडीमा बनेको चक्रवाती आँधी ‘फानी’ ओडिशाको पुरी तटसँग ठोक्किएको छ । त्यहाँ हावाको गति १७५ किलोमिटर प्रतिघन्टा रहेका बताइएको छ । ‘फानी’ नामक सामुद्रिक आँधीबाट जोगाउन ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

फानीले हावाहुरीका साथै बेजोड वर्षा गराएको छ । मानवीय क्षति हुन नदिन उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको छ । नौसेना र तटीय सुरक्षाकर्मीहरु उच्च सतर्क रहेका छन् । आँधीको असरलाई मध्यनजर गर्दै हवाई उडान रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ ।

पुरी तटीय क्षेत्र हुँदै ‘फानी’ ओडिशा को खुर्दा, कटक, जगतसिंहपुर, केंद्रपाडा, जाजपुर, भद्रक, बालेश्वर हुँदै पश्चिम बंगालतर्फ लाग्ने बताइएको छ । त्यहाँ ठूलो मात्रामा वर्षा हुने पनि मौसमविदहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू