अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 16:04

गोप्य सुरक्षा जानकारी चुहावट गरेको आरोपमा बेलायतका रक्षा मन्त्री विलियम्सन बर्खास्त

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:५२ मा प्रकाशित

बेलायतका रक्षा मन्त्री गाविन विलियम्सनलाई बर्खास्त गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को गोप्य जानकारी चुहावट गरेकोमा आरोपमा विलियमसनलाई बर्खास्त गरिएको हो । उहाँ सन् २०१७ देखि बेलायतको रक्षा मन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री टेरिजा मेको कार्यालयबाट जारी गरिएको वक्तव्यमा प्रधानमन्त्रीले गाविनको क्षमतामाथिको विश्वास गुमाएको उल्लेख गरिएको छ । अब बेलायतमा पेनी मोर्डन्ड रक्षा मन्त्री बन्नुहुनेछ । गाविनले अप्रिल २३ मा भएको बैठकको जानकारी चुहावट गरेको आरोप लगाईएको छ ।

बेलायतमा ५ जी नेटवर्क बिस्तारका लागि हुवाईलाई सीमित अनुमति दिने सम्बन्धमा भइरहेको अनुसन्धान बारेको जानकारी चुहावट भएको थियो । गाविनले भने कुनै पनि जानकारी चुहावट नगरेको दाबी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू